शुक्रबार, जेठ १, २०८३

चार दिनदेखि कोरोना संक्रमितको मृत्यु शून्य

नेपालमा पछिल्लो ४ दिनदेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

National life

काठमाडौं– नेपालमा पछिल्लो ४ दिनदेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार फागुन २७ गतेयता कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन। यसअघि गत शुक्रबार १ जनाको मृत्यु भएको थियो। हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ९५० जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै कोरोना संक्रमितको दैनिक संख्या पनि दुई अंकमा झरेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ८३ रहेको छ। ७ हजार ८८४ जनाको नमुना परीक्षण गर्दा जम्मा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै हाल नेपालमा ४ हजार ७४६ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Mar 15, 2022| 17:24 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्