बुधबार, असोज १४, २०८३

तोलामा १८ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- नेपाली बजारमा आज एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो। 

यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

प्रकाशित: Mar 15, 2022| 11:30 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्