बुधबार, चैत ४, २०८२

बैजनाथ बहुभाषिक विद्यालयमा गणित पार्क निर्माण

गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन्।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

कञ्चनपुर- विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कञ्चनपुरको लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’को अवधारण अघि सारेको छ।

National life

यहाँका पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण गरेको छ। गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन्।

आकर्षक रङ लगाएर पार्कमा ज्यामितीय गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्नसक्ने तरिकाबाट राखिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले जानकारी दिए। विद्यार्थीले सैद्धान्तिक ज्ञानभन्दा पनि चित्र हेरेर अवलोकन गरेर सहजरूपमा बुझ्ने भएकाले पार्क निर्माण गरी गुणस्तरीय शिक्षका लागि कार्य अगाडि बढाइएको उनले बताए।

विद्यार्थीले पार्कमा निर्माण गरिएका गणित विषयवस्तुका रूपमा रहेका रेखा, कोण र तिनबाट निर्मित आकृतिको अध्ययन गर्न सक्छन्। वृत्त, चतुर्भुज र त्रिभुजलगायतका ज्यामितीय आकार र  घन, वेलना र गोलाजस्ता केही जटिल आकार जुन  ज्यामितीय गणितमा अध्ययन गरिन्छ। ज्यामितीय गणितको अध्ययनका कार्यलाई सरलीकृत गर्नका लागि गणित पार्कमा आकृतिहरू निर्माण गरिएको जनाइएको छ। अङ्कगणित, बीजगणित र ज्यामितीका धारणालाई छुट्टाछुट्टै प्रयोग नगरीकन एकापसमा सम्बन्धित गराएर सिकाउन सक्नुपर्छ भन्ने धारणाअनुसार पार्कमै ती गणितका सूत्र र चित्रसमेत आकर्षक ढङ्गले राखिएको उनले जानकारी दिए।

पार्क निर्माण ती दुवै विद्यालयलाई रु एक लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको छ। गाउँपालिका क्षेत्रभित्रका अन्य आधारभूत विद्यालयमा समेत यसैगरी गणित पार्क निर्माण गर्दै लैजाने योजना अघि सारिएको छ।  रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 15, 2022| 09:45 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्