शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • साउदी विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

साउदी विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

दुई दिने नेपाल भ्रमणमा आएका साउदी विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउदले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- दुई दिने नेपाल भ्रमणमा आएका साउदी विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउदले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ। 

National life

साउदी राजकुमार फैजल सोमबार साँझ २३ सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाडौं ओर्लिएका थिए। परराष्ट्र मन्त्रालयको औपचारिक निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि सोमबार साँझ यहाँ आइपुगेका हुन्। 

निजी विमान चढेर श्रीलंकाबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। 

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। मंगलबार परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नेछन्। भेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ। साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो। करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन्। 

Laxmi sunrise bank
kumari

साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्नेछन्। साउदी विदेशमन्त्रीको टोली मंगलबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ। 

प्रकाशित: Mar 15, 2022| 06:05 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।