सोमबार, वैशाख १४, २०८३

माल्दिभ्समा अनिवार्य मास्कको प्रावधान हटाइयो

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेकोस्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

माले- माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेकोस्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्। 

National life

कोभिड–१९ महामारीका कारण सन् २०२० को डिसेम्बरदेखि सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको थियो।

राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आइतबार देशभर कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको सार्वजनिक स्वास्थ्यका लागि आकस्मिक व्यवस्था हटाउने निर्णयको घोषणा गरेपछि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने दिशानिर्देशलाई संशोधन गरेको हो। 

सार्वजनिक स्थानमा मास्क लगाउनु अब अनिवार्य नभए पनि ठूला जमघट जस्ता अवस्थामा लगाउनु उचित हुने एचपीएले बताएको छ।

अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा र कोभिड–१९ को सङ्क्रमण दर २० प्रतिशत रहेको क्षेत्रमा भने सावधानी स्वरूप मास्क अनिवार्य रूपमा लगाउनु पर्ने एचपीएले बताएको छ।

kumari

प्रकाशित: Mar 15, 2022| 05:00 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।