बुधबार, चैत ४, २०८२

शिक्षक प्रतिस्पर्धीले उत्तरपुस्तिकामा कसरी लेख्ने विवरण? [मोडलसहित]

शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिइने परीक्षामा सहभागीले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएको छ।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिइने परीक्षामा सहभागीले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएको छ। आयोगले सूचना जारी गर्दै परीक्षार्थीले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएको हो। 

National life

परीक्षार्थीले उत्तरपुस्तिकमा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ। आयोगले लिने प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको स्थायी शिक्षकको परीक्षामा सहभागी हुँदा वस्तुगत बहुवैकल्पिक प्रश्नको उत्तर (ओएमआर) सिटमा भर्दा जन्ममिति र परीक्षा रोल नम्बर अंकमा लेख्दा सम्बन्धित ठाडो लाइनमा उपयुक्त अंकमा कालो मसीले धब्बा बनाउनुपर्नेछ। 

आयोगले ओएमआर सिटलाई नपट्याई प्रयोग गर्न, आफ्नो नाम तोकिएको कोठामा एउटा अक्षर लेखेर भर्न, प्रवेश पत्र हेरी ११ वटा अंक भएको नम्बर तोकिएको कोठाहरुमा लेख्न, जन्म मितिलगायतका विवरण सही तरिकाबाट भर्नसमेत जानकारी गराएको छ।

शिक्षक सेवा आयोगले आगामी चैत्र १९ गते दिउँसो ११ बजे प्राथमिक तहका लागि खुला प्रतियोगितात्मक लिखित परीक्षाको सामान्य विषयको परी‍क्षा तोकेको छ। 

Laxmi sunrise bank
kumari

माध्यमिक र निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)को परीक्षा भने क्रमशः चैत्र १५ र १७ गते दिनको ११ बजे हुनेछ। 

यस्तो छ परीक्षामा संलग्न हुँदा ध्यान दिनुपर्ने कुरा

प्रकाशित: Mar 14, 2022| 16:33 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्