बुधबार, असोज १४, २०८३

तोलामा ५ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५००ले घटेर एक लाख दुई हजार ३०० मा आएको छ।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५००ले घटेर एक लाख दुई हजार ३०० मा आएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ८००मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८०० तोकिएको छ। जसको मूल्य आइतबार प्रतितोला एक लाख दुइ हजार ३०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ४१५ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Mar 14, 2022| 12:04 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्