बुधबार, चैत ४, २०८२

आइतबारदेखि कोरोनामुक्त भयो नुवाकोट

यसअघि संक्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति संक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

National life
Laxmi sunrise bank
kumari

त्रिशूली- नुवाकोट जिल्ला आइतबारदेखि कोरोना संक्रमणमुक्त भएको छ। यसअघि संक्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति संक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो। 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत अमृत महर्जनले जिल्लामा यसअघि संक्रमित भएका सबै निको भएको र नयाँ संक्रमित थप नभएको बताए।  

कोरोनाको तेस्रो लहर जिल्लामा गत पुस २५ मा भित्रिएको थियो। भाइरस देखा परेको दुई महिनापछि नियन्त्रणमा आएको हो। जिल्लामा विसं २०७७ जेठ ११ मा ओखरपौवाका एक व्यक्तिमा भाइरसको संक्रमण देखा परेको थियो। 

प्रकाशित: Mar 14, 2022| 09:25 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्