बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजारमा उछाल, सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको

सेयर बजारमा उछाल, सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ।

सेयर बजार परिसूचक नेप्से आज १०१.०७ अंकले बढेर २६६७.९७ अंकमा पुगेको छ। आज एकैदिन नेप्से ३.९४ प्रतिशतले बढेको हो। 

आज ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। ४ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। आज सबै समूहमा हरियाली छाएको छ। विशेषगरी बिमा, उत्पादनमूलक, फाइनान्स तथा होटल–पर्यटन समूहमा बढी तेजी देखिएको छ। 

बैंकहरुले चैतका लागि ब्याजदर नबढाउने निर्णय गरेपछि त्यसको प्रभाव सेयर बजारमा परेको बताइएको छ। नेप्से सूचकका साथै खरिदबिक्री रकममा पनि उत्साह देखिएको छ। आज २२८ कम्पनीको ९९ लाख २२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।

३४ करोड ३६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र आईसीएफसी फाइनान्स परेका छन्। 

प्रकाशित: Mar 13, 2022| 16:34 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्