काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा १०१.०७ अंकको वृद्धि भएको छ। आइतबार नेप्से २६६७.९७ बिन्दुमा पुगेको हो।
लगातार घटिरहेको सेयर बजारको ओरालो लाग्ने गत साताको बिहीबारदेखि रोकिएको थियो। बिहीबार ५२ अंकले बढेको बजारमा यो साताको पहिलो दिन आइतबार त्यसलाई पछि पार्दै अघि बढेको हो। आइतबार ४ अर्ब ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार सबै उपसूचक हरियो बनेका छन्। एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमर्जिङ नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ।