बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युतका नाममा राजनीति गर्ने दिन समाप्त हुन्छ : कुलमान घिसिङ

विद्युतका नाममा राजनीति गर्ने दिन समाप्त हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतका नाममा हुने राजनीति अन्त्य हुने बताएका छन्।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतका नाममा हुने राजनीति अन्त्य हुने बताएका छन्। ‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको तेस्रो संस्करणमा ‘झरो उज्यालोको खरो’ बहसमा सहभागी घिसिङले विद्युतको नाममा राजनीति गर्ने दिन समाप्त हुने दाबी गरेका हुन्। 

‘पूर्वतिरका जनप्रतिनिधिहरूले 'त्यो बेला तपाईंले लोडसेडिङ अन्त्य गर्नुभयो। हाम्रो राजनीति पनि अन्त्य गर्नुभयो' भने। कर्णालीमा  अब झरो बाल्ने दिन अन्त्य हुन्छ। दुई वर्षभित्र कर्णाली पूरै उज्यालो हुन्छ। कर्णालीमा विद्युतको राजनीति अन्त्य हुन्छ।’

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा विद्युत् बाल्न अहिले पनि सिंहदरबारमा बाजा बजाउन जानुपर्ने अवस्था रहेको बताएका थिए। 

घिसिङ र महत र बिउराबारी जलविद्युत् योजना जाजरकोटका अध्यक्ष निशा रानाबीच उत्सवमा बहस भएको थियो।

प्रकाशित: Mar 12, 2022| 19:30 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्