शुक्रबार, जेठ १, २०८३

कोभिड अपडेट : ७३ जनामा कोरोना संक्रमण पुष्टि

पाँच हजार ६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

National life

काठमाडौं- पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ। पाँच हजार ६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सो समयावधिमा एक सय ९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट आज कसैको मृत्यु भएको छैन।

मन्त्रालयका अनुसार २४ घण्टामा १०१३०४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। अहिले देशभर ५०५० जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: Mar 12, 2022| 17:10 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्