बुधबार, असोज १४, २०८३

पछिल्लो सात महिनामा १३ अर्बको धान आयात

बगंलादेशबाट १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ।

बगंलादेशबाट १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ। 

भन्सार विभागका अनुसार केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: Mar 12, 2022| 19:25 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्