शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कोभिडपछि बढ्यो पर्यटकको आगमन, २ महिनामा कुन देशबाट कति आए?

कोभिडपछि बढ्यो पर्यटकको आगमन, २ महिनामा कुन देशबाट कति आए?

सन् २०२२ को पहिलो २ महिना (जनवरी र फेब्रुअरी)मा ३६ हजार ७ सय ४१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो गत वर्ष सोही अवधिको भन्दा दोब्बरभन्दा बढी हो। गत वर्ष जनवरी र फेब्रुअरीमा १८ हजार २० जना पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ।
 |  शनिबार, फागुन २८, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शनिबार, फागुन २८, २०७८

काठमाडौं- कोभिडका कारण सन् २०१९ को अन्त्यदेखि सुस्ताएको पर्यटन व्यवसाय पछिल्लो दुई महिनाको तथ्यांकले सुधार हुने संकेत देखाएको छ। पछिल्ला दुई महिनामा नेपाल भित्रिने पर्यटकको केही सुधार भएकाले सकारात्मक अपेक्षा गर्न सकिने नेपाल पर्यटन बोर्डले जनाएको हो। 

triton college

सन् २०२२ को पहिलो २ महिना (जनवरी र फेब्रुअरी)मा ३६ हजार ७ सय ४१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो गत वर्ष सोही अवधिको भन्दा दोब्बरभन्दा बढी हो। गत वर्ष जनवरी र फेब्रुअरीमा १८ हजार २० जना पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। 

बोर्डका अनुसार सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७ सय ६६ पर्यटक नेपाल आएका छन्। गत वर्षको फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो गत वर्षको तुलनामा ११६.१ प्रतिशत सुधार हो। 

यस वर्ष जनवरीमा भारतबाट ३ हजार ९ सय १६ पर्यटक नेपाल आएका छन्। यस्तै बंगलादेशबाट १ हजार २ सय ३६, चीनबाट ३ हजार २१, फ्रान्सबाट २८३, जर्मनीबाट ३६५ र बेल्जियमबाट १८० पर्यटक नेपाल आएका छन्। यस्तै नेदरल्याण्ड्सबाट १ सय ४२, स्पेनबाट १ सय ५१ जना नेपाल आएको तथ्यांक बोर्डमा छ। 

प्रकाशित: Mar 12, 2022| 15:37 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्