जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन्। शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार विजयी भएका हुन्। पजियार नेता विमलेन्द्र निधि निकट हुन्।
दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेकोमा पजियार १ हजार ७३५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत ल्याए। ३३ मत भने बदर भएको छ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबभन्दा धेरै मत पजियारले नै ल्याएका थिए।