बुधबार, असार १०, २०८३

राजनीतिक दल कमजोर र अस्तब्यस्त भए : पाण्डे

मानव अधिकार तथा शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक शुक्रबारदेखि कपिलवस्तुको वाणगंगामा सुरु भएको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

वुटवल- मानव अधिकार तथा शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक शुक्रबारदेखि कपिलवस्तुको वाणगंगामा सुरु भएको छ। ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिका’ नारासहित आयोजित आह्वानसहित बैठकको नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन्। 

National life

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मानवअधिकारकर्मी अगुवा डा. पाण्डेले शान्ति समाजले बोकेका मुद्दा राजनीतिक दलले आफ्ना एजेन्डा बनाउनुपर्ने धारणा राखेका छन्। उनले समाज रूपान्तरणमा अविरल रूपमा  शान्ति समाजले योगदानसहित खबरदारी गरिरहेको बताए। पूर्वमन्त्रीसमेत रहेका पाण्डेले अहिलेको अवस्थामा नेपालको राजनीति र दलहरू निकै कमजोर र अस्तब्यस्त देखिएको बताए।

कार्यक्रममा बोल्दै समाजका संस्थापक सभापति मानवअधिकारबादी नेता कृष्ण पहाडीले अब फेरि अदालत फर्केर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले न्यानसम्पादन गर्न नहुने बताए। उनले शान्ति समाजले थालेको युद्ध निशेधको अभियानलाई धेरैले खिसिट्युरे गरेको भन्दै अहिले संसारभर नै युद्ध निशेधको अभियान चलेको बताए। 

उनले आफूहरूको एजेन्डामा सबैको साथ रहेको बताए। पूर्वमन्त्री दीपकुमार उपाध्यायले दलहरू निर्वाचनमा केन्द्रित भएको भन्दै लोकतन्त्रको रक्षा, संरक्षण गर्नेहरूले जित्नुपर्ने बताए। समाजका केन्द्रीय सभापति गोबिन्द खनालले युद्ध बिरोधी अभियानलाई अझै शशक्त र व्यापक बनाईने बताए। 

उद्घाटन समारोहमा पूर्व सभापति गंगाधर अधिकारी, उत्तम पुडासैनी, कृष्ण कडेंल, संविधानसभा सदस्य बिनोद पहाडी, नेकपा एसका केन्द्रीय सदस्य  डा. बालकृष्ण चापागाईं, महासचिव रामकृष्ण बराललगायतले बोलेका थिए ।

Shivam cement

देशका ३५ जिल्लाबाट २५० प्रतिनिधि सहभागी वैठकमा ८ बुंदे प्रस्तावमाथि छलफल हुने छ। कार्यक्रममा रुपन्देही शाखालाई वर्ष २०७७/७८ को उत्कृष्ट शाखाको रुपमा पुरस्कृत गरिएको थियो।

प्रकाशित: Mar 12, 2022| 08:00 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।