मंगलबार, माघ ६, २०८२

आधा शताब्दीमा डोकेबजारले देखेको परिवर्तन

मोहना नदीको किनारमा उभिएको डोकेबजार अघि १७१ नम्बरको सीमा स्तम्भ छ। स्तम्भको पाँच किलोमिटर दक्षिणतिर घना सालघारी छ, जुन भारतीय भूमिमा पर्छ। तर, सालघारीको छाया भने कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा पर्ने डोकेबजारमाथि सधैं पर्छ।
 |  शनिबार, फागुन २८, २०७८

राज सरगम

राज सरगम

शनिबार, फागुन २८, २०७८

धनगढी चौराहाबाट दक्षिणतिर नजिकै छ मोहना नदी। नदीमाथिको पुल सकिनेबित्तिकै दोबाटो आउँछ, एक– भारत पस्ने गौरीफण्टा नाका, अर्को पुनर्वास नगरपालिका प्रवेश गर्ने डोकेबजार जो पचास वर्षदेखि कञ्चनपुर जिल्लाको दक्षिण बेल्ट पुग्ने प्रवेशद्धार बनेको छ। अर्थात जसले सीमा पारी र सीमा वारी देखाउन सक्छ।

National life

राजा महेन्द्रले देशभरिका बाढीपीडितलाई २०२२ र २०२७–२८ सालमा दुई चरण गरेर बसालेको बस्ती झ्याँगिएसँगै साविकको लालझाडी गाविसमा पर्ने डोकेबजार हुँदै स्थानीय धनगढी पुनर्वास आउजाउ गर्न थाले। तीस र चालिसको दशकमा पहाडबाट बसाइँसराइ गरी पुनर्वास जानेहरुको भीड पनि बाक्लिँदै गयो। खुद्रा व्यापार र किनमेलका लागि धनगढी–पुनर्वास गर्नेको पनि उस्तै ओहोरदोहोर भयो। अहिले पनि भइरहन्छ।

मोहना नदीको किनारमा उभिएको डोकेबजार अघि १७१ नम्बरको सीमा स्तम्भ छ। स्तम्भको पाँच किलोमिटर दक्षिणतिर घना सालघारी छ, जुन भारतीय भूमिमा पर्छ। तर, सालघारीको छाया भने कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा पर्ने डोकेबजारमाथि सधैं पर्छ। डोकेबजारको अगाडि उभिएको सालघारी ‘दुदुवा नेसनल पार्क’का नामले चिनिन्छ। नेसनल पार्कको अगाडि बजारसँगै जोडिएको ग्राभेल बाटो कुनैबेला गोरेटो थियो। नेपालतिरको बाटो थियो। बाटोपारीको सालघारी किनारमा उभिएर एकछिन हावा खानु, पानी खानु र सालघारीको वन पसेर पिसाब फेर्नुको आनन्द शब्दमा बयान गर्न सकिँदैन।

२०४२ साल अगाडि यो ठाउँमा नाङ्लो, बोरा र डोकामा सामान फैलाएर पसल थाप्थे स्थानीय। सबैभन्दा चल्तीको पसल थियो डोकाको पसल। पहाडबाट मौसम, जुनार, सुन्तला डोकामा ल्याएर १७१ नम्बरको सीमा आसपास बाक्लो भुइँ पसल थापिन्थ्यो। पुनर्वास नगरपालिका ११ अमरबस्तीकी आइतीमाया सार्कीले २०४२ सालतिर १७१ सीमा स्तम्भको नजिकै पहिलोपटक डोकोमा खुद्रा सामान र केही दाना सुन्तला ल्याएर बेचेकी थिइन्। मौसमका दाना, लक्ष्मीछाप सुर्ती, गुट्खा, देउराली चुरोट, चमेना बिस्कुट र घैंटोमा पानी ल्याएर बेचेकी आइतीमाया भन्छिन्, ‘डोकोमा सामान लगेर डरैडरमा बेच्थ्यौं। कहिले बाँदरको, कहिले मान्छेको डर हुन्थ्यो। त्यस्तो ठाउँ अहिले बजार भयो।’

प्रकाशित: Mar 12, 2022| 11:17 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।