बुधबार, असार १०, २०८३

भक्तपुरमा फेरि बर्डफ्लू भेटियो

भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

भक्तपुर- भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो।  यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो। 

National life

सुवाल पोल्ट्री फार्मका कमर्सियल लेयर्स कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लू रोग एचपिए वानको सबटाइप एच फाइभ एच वान नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

उक्त फार्मका कुखुरामा बर्डफ्लू भेटिएको पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली, २०७८ अनुसार उक्त फार्मका कुखुरा, चल्ला तथा कुखुराजन्य पदार्थ दाना, सुली, अण्डा नियन्त्रणमा लिई नष्ट गर्ने निर्णय गरेको छ। 

साथै बैठकले बर्डफ्लू भेटिएको कुखुरा फार्मलाई केन्द्रविन्दु मानी पूर्वमा अजिमा इँटा उद्योगसँगै रहेको अरनिको राजमार्गतर्फ जाने कच्ची बाटो, पश्चिममा कृष्ण इँटा उद्योगसँगै रहेको अरनिको राजमार्गतर्फ जाने कच्ची बाटो, उत्तरमा हनुमन्ते खोलाको दक्षिण किनारा र दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमानाभित्र बर्डफ्लू नियन्त्रण नियमावली, २०७८ अनुसार पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री अण्डा, दाना, सुलीसमेत अन्यत्र निकासी हुन नपाउने गरी नियन्त्रणमा लिई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको संयोजकत्वमा पशु सेवा विभाग र सम्बन्धित स्थानीय तहको समन्वयमा उचित व्यवस्थापन गर्ने निर्णय गरेको प्रजिअ शर्माले बताए।

बैठकले भक्तपुर जिल्लालगायत उपत्यका भित्रिने सबै नाकाहरुमा पशु सेवा विभागको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको संयोजकत्वमा पशु सेवा विभाग र सम्बन्धित स्थानीय तहको समन्वयमा पन्छी, पन्छीजन्य पदार्थ दाना, अण्डा, सुली ओसारपसारमा सघन निगरानी बढाउने निर्णय गरेको छ।

Shivam cement

बैठकले बर्डफ्लू नियन्त्रणमा खटिने कर्मचारी र कामदारलाई नियमानुसार पाउने सेवा सुविधा तथा रोग नियन्त्रणका लागि नष्ट गरिएका सामग्रीको क्षतिपूर्ति उपलब्ध गराउन पशु सेवा विभाग हरिहर भवनलाई अनुरोधसमेत गरेको छ। - रासस

प्रकाशित: Mar 11, 2022| 20:53 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।