बुधबार, असार १०, २०८३

कीर्ते गरेको आरोपमा भोटखोला-४ का वडाध्यक्ष पक्राउ

सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका-४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८
National life
Shivam cement

खाँदबारी- सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका-४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ। जग्गा जालसाजीको आरोपमा भोटखोला-४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। 

भोटेसहित सात जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ। भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ। 

मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको बताइएको छ। पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुवेदीले जानकारी दिए।

प्रकाशित: Mar 11, 2022| 20:26 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।