विराटनगर- संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारलाई एक लाख रुयैयाँ उपलब्ध गराइने बताएका छन्।
मृतक १५ जनाको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने उनले बताए। दुर्घटनामा घाइते भएका सबै यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने कार्कीले बताएका छन्।
प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीका अनुसार पाँच जना घाइतेको उपचारका लागि हिजो नै हेलिकप्टर परिचालन गरी धरान ल्याइएको छ। मादीबाट झापाको दमक आउँदै गरेको बा४ख ७३५ नम्बरको यात्रुबस सातघुम्ती मोडमा दुर्घटना भई डाँडाबाट तीन सय मिटर तल खसेको थियो।