शुक्रबार, साउन २९, २०८३

रुकुम पश्चिममा वृद्ध महिला मृत फेला

एक सातादेखि घरबाट हराएकी मुसीकोट नगरपालिका-१३, की एक वृद्धाको शव फेला परेको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

रुकुम पश्चिम- एक सातादेखि घरबाट हराएकी मुसीकोट नगरपालिका-१३, की एक वृद्धाको शव फेला परेको छ। लामिडाँडाकी ७३ वर्षीया कलि रोका वडा नम्बर १३ कै दोपाई–हाईवाङ सडक खण्डमा मृत फेला परेकी हुन्।

उनी फागुन २१ गतेदेखि घरबाट सम्पर्कविहिन भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रोका शुक्रबार राति साढे ९ बजेतिर सडकबाट करिब १ सय मिटर तल भीरमा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

रोका सम्पर्कविहीन भएपछि परिवारका सदस्य तथा स्थानीयले खोजी जारी राखेका थिए। 

प्रकाशित: Mar 11, 2022| 18:49 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।