शुक्रबार, साउन २९, २०८३

भारतीय मुद्रासहित विदेशी नागरिक पक्राउ

प्रतिबन्धित भारतीय मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना थाइ नागरिकलाई पक्राउ गरेको छ ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- प्रतिबन्धित भारतीय मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना थाइ नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जनतासन र ४१ वर्षीया वारापर्न खुनसोमबट रहेका छन्। उनीहरूको साथबाट दुई हजार दरका चार थान र ५०० दरका ५७३ थान गरी जम्मा दुई लाख ९४ हजार ५०० भारतीय रूपैयाँ बरामद गरिएको छ। 

भिस्टारा एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका बेला एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनीहरूको साथमा प्रतिवन्धित भारतीय रूपैयाँ फेला परेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको त्रिभुवन अन्तरराष्ट्रिय सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ। 

प्रकाशित: Mar 11, 2022| 18:40 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।