शुक्रबार, साउन २९, २०८३

बलात्कार आरोपित पल शाहका म्‍यानेजर पक्राउ

जबरजस्ती करणीको अभियोग लागेका कलाकार पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– जबरजस्ती करणीको अभियोग लागेका कलाकार पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। जोशीलाई तनुहँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पल अहिले पूर्वी नवलपरासीको गैंडाकोटस्थित प्रहरी हिरासतमा छन्। पलविरुद्ध परेको उजुरीमाथि तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको भए पनि सोही प्रकृतिको जाहेरी गैंडाकोटमा पनि दर्ता भएपछि उनलाई त्यता लगिएको हो।

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ। शाह गत फागुन १५ गतेदेखि प्रहरी हिरासतमा छन्। अनुसन्धान नसकिएको भन्दै गत फागुन २२ गते उनीविरुद्ध अदालतबाट १२ दिनको म्याद थप भएको छ।



प्रकाशित: Mar 11, 2022| 17:10 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।