बुधबार, असोज १४, २०८३

सात महिनामा यस्तो छ मुलुकको आर्थिक अवस्था

चालू आर्थिक वर्षको सात महिनामा मुलुकको भुक्तानी अवस्था करिब साढे २ खर्ब रुपैयाँ घाटामा गएको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– चालू आर्थिक वर्षको सात महिनामा मुलुकको भुक्तानी अवस्था करिब साढे २ खर्ब रुपैयाँ घाटामा गएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि माघसम्ममा भुक्तानी अवस्था अर्थात् शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा थियो। सात महिनामा देशको चालू खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा थियो।

चालू आर्थिक वर्षको ७ महिनामा गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा ४.९ प्रतिशतले कमी आएको छ। साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स भित्रिएको छ।

गत वर्ष यसै अवधिमा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १०२ पुगेको छ।

प्रकाशित: Mar 11, 2022| 15:11 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्