बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा चिनियाँ अतिक्रमण रोक्न माग गर्दै युरोपियन युनियनलाई ज्ञापनपत्र

नेपालमा चिनियाँ अतिक्रमण रोक्न माग गर्दै युरोपियन युनियनलाई ज्ञापनपत्र

राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र बुझाएको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र बुझाएको छ।

National life

अभियानका अध्यक्ष विनय यादवले शुक्रबार काठमाडौंस्थित युरोपियन युनियनको कार्यालयमा पुगेर नेपालका लागि युरोपियन डेलिगेसनका सहप्रमुख स्टेफन मैकानलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्। 

नेपालमा चिनियाँ अतिक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको बताइएको छ। ज्ञापनपत्रमा भनिएको छ, ‘एकता अभियानले नेपालमा चिनियाँ अतिक्रमणविरुद्ध लगातार लोकतान्त्रिक र कानुनी तवरमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। अभियानले चीनसँगको नेपालको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समुदायलाई भूमिका खेलिदिन आग्रह गदैछौं।’ 

ज्ञापनपत्रमा चीन अतिक्रमित भूमिबाट फिर्ता जानुपर्ने, अन्तर्राष्ट्रिय समुदायको निगरानीमा नेपाल र चीन सरकारले संयुक्त सीमा निरीक्षण गर्नुपर्ने र सबै सीमा स्तम्भहरुको जीपीएस राख्दै यसको रेकर्ड दुवै सरकार र अन्तर्राष्ट्रिय समुदायले राख्नुपर्ने माग गरिएको छ। 

उक्त ज्ञापनपत्रमा काठमाडौंस्थित अमेरिकी दूतावास, नेपालस्थित युरोपियन युनियनका प्रतिनिधि, काठमाडौंस्थित रुसी दूतावास, चिनियाँ दूतावास र भारतीय दूतावासलाई बोधार्थ पठाइएको छ। 

Shivam cement

सरकारले यसअघि हुम्ला जिल्लामा नेपाल–चीन सीमा क्षेत्रलाई लिएर गत वर्ष उत्पन्न भएको विवादबारे गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा अध्ययन गर्न समिति गठन गरेको थियो। उक्त समितिले अध्ययन प्रतिवेदन गृह  मन्त्रालयलाई बुझाएको छ। प्रतिवेदनमा चिनियाँ पक्षले सीमा अतिक्रमण गरेको उल्लेख गर्दै दुवै पक्ष मिलेर समाधान गर्नुपर्ने सुझाइएको थियो। उक्त प्रतिवेदन अहिले परराष्ट्र मन्त्रालयलमा थन्किएको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा हुम्लामा सीमा अतिक्रमण भएको कुरा बाहिरिएको थियो। तर त्यस बेलाका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले २०७३ सालमा गरिएको अध्ययनलाई उल्लेख गर्दै ती संरचनाहरू चिनियाँ भूभागमै बनाइएको बताएका थिए। त्यस्तै काठमाडौंस्थित चिनियाँ दूतावासले पनि ती संरचनाहरू आफ्नै क्षेत्रमा निर्माण भएको र नेपाल तथा चीनबीच सीमा विवाद नभएको स्पष्ट गरेको थियो। यद्यपि अहिलेको सत्तारूढ र त्यस बेलाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वक्तव्य निकालेर सरकारले सीमा मिचिएको प्रमाण हुँदाहुँदै ढाकछोप गर्न खोजेको आरोप लगाएको थियो।

अहिले कांग्रेस नेतृत्वकै सरकारले उक्त क्षेत्रको अध्ययन गर्न भन्दै समिति गठन गर्दै प्रतिवेदन तयार भइसक्दा पनि प्रतिवेदन सार्वजनिक गरेको छैन।

प्रकाशित: Mar 11, 2022| 14:22 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।