बुधबार, असार १०, २०८३

सुदूरपश्चिममा जहाज चल्यो, यात्रुलाई सहज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएका थिए। अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ। 

National life

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएका थिए। अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए।

उनले भने, ‘हामीले यहाँका तीन जिल्लामा हप्तामा दुई पटक सोमबार र शुक्रबार नियमित उडान सुरु भएको छ र बाजुरा जिल्लामा यात्रु संख्याका आधारमा उडान गर्ने गरेका छौँ।’ निगमले सुदूरपश्चिमका तीन जिल्लामा आफ्नो हवाइ उडान सुरु गरेपछि यात्रुलाई पनि सहज हुनुका साथै यात्रु संख्यामा वृद्धि भएको गेटा विमानस्थल कार्यालयले जनाएको छ। 

यात्रु अभाव तथा जहाजको कमी भएको भन्दै निगमले सुदूरपश्चिममा केही समय पहिलेदेखि आफ्नो उडान सेवा बन्द गरेपछि निजी क्षेत्रका केही कम्पनीले यात्रु संख्याका आधारमा कहिलेकाहीँ उडान भर्दै आएका थिए।  सुदूरपश्चिमका पहाडी जिल्लामा कालोपत्र गरिएका विमानस्थलमध्ये बैतडीको पाटन विमानस्थलमा भने निगमले अहिलेसम्म पनि आफ्नो हवाइ उडान सेवा सञ्चालन गर्न सकेको छैन। नेपाल वायुसेवाले उडान गर्न नसकेका कारण उक्त विमानस्थलमा निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी समिट एयरले उडान गर्ने गरेको बताइएको छ। 

सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित जहाज सञ्चालनका लागि गृहकार्य सुरु भइरहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। उनले भने, ‘हाललाई सुदूरपश्चिममा साप्ताहिक रुपमा जहाज सञ्चालनका लागि नेपालगञ्ज बस्ने गरी वायुसेवाको एउटा जहाज पठाइएको छ भने केही समयभित्र यात्रु संख्याका आधारमा नियमित उडान गर्ने गरी तयारी हुँदैछ।’

Shivam cement

घर छेवैमा विमानस्थल भए पनि जहाज नआउँदा निकै दुखित भएका सुदूरपश्चिमका नागरिक अहिले नेपाल वायुसेवाले जहाज सञ्चालन गरेपछि यात्रा गर्नका लागि सहज भएको भन्दै निकै खुसी भएका डोटीको दिपायल सिलगढी नगरपालिका–३ का गणेशबहादुर साउँदले बताए।

उनले भने, ‘विमानस्थल कालोपत्र भएको वर्षौं भएको थियो तर जहाज नआउँदा दुःख लागेको थियो, अहिले जहाज आउन थाल्यो, यात्रा गर्न सहज भएको छ, हामी पनि खुसी भएका छौँ।’ दिपायलसहित यहाँका अन्य जिल्लामा रहेका विमानस्थलको थप बिस्तार तथा स्तरोन्नतिका लागि बजेट विनियोजन भई काम सुरु हुने प्रक्रियामा पुगेपछि नागरिकमा झनै खुसियाली थपिनुका साथै आकस्मिक उपचारका लागि लैजानुपर्ने बिरामीदेखि अन्य नागरिकलाई यात्राका लागि सहज भएको अछामका स्थानीयवासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले बताए।

उनले भने , ‘विमानस्थलमा जहाज नचल्दा आकस्मिक उपचारका लागि लैजानुपर्ने बिरामीदेखि अन्य नागरिकलाई यात्रा गर्दा निकै समस्या थियो, पैसा हुनेले हेली बुकिङ गर्थ्यो। नहुनेको अकालमै ज्यान जाने गर्दथ्यो, अहिले जहाज सञ्चालनपछि सबैलाई सहज भएको छ।’   रासस

प्रकाशित: Mar 11, 2022| 15:20 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।