शुक्रबार, साउन २९, २०८३

रुकुम पूर्वको सिस्नेमा ओडारमा दर्जनौं सकेट बम फेला

वडा नम्वर २ का वडाध्यक्ष जीवन केसीले बिहीबार दिउँसो बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताए।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

बुटवल- रुकुम पूर्वको सिस्ने गाउँपालिकामा सकेट बम फेला परेको छ। सिस्ने गाउपालिका वडा नम्वर २ प्वाङको बुर्केसल्ला भन्ने स्थानमा कालो र ड्रमभित्र लुकाइँ राखेको अवस्थामा दर्जन सकेट बम फेला परेको प्रहरीले जनाएकने छ। 

वडा नम्वर २ का वडाध्यक्ष जीवन केसीले बिहीबार दिउँसो बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताए। 

जंगल स्थित ओडारमा ड्रमभित्र लुकाइँ राखेका शंकास्पद वस्तुहरु सकेट बम नै रहेको प्रहरीले जनाएको छ। बम कति संख्यामा छ भन्ने एकिन नभए पनि कालो रंगको ड्रमभित्र दर्जनभन्दा बढी नै रहेको हुनसक्ने प्रहरीले जनाएको छ। 

सकेट बम रहेको स्थानलाई प्रहरीले निगरानी गरिरहेको र शुक्रबार जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्फोज गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। उक्त बम जनयुद्वको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाइँ राखेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: Mar 11, 2022| 15:00 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।