बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एमसीसीको ठेक्का लिने हिम्मत गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

एमसीसीको ठेक्का लिने हिम्मत गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका परियोजनाहरु निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका परियोजनाहरु निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्। 

नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरेका हुन्।  उनले एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने बताए। भने, ‘एमसीसीको टेन्डरमा सफल हुनुस्। त्यसो भए सबैभन्दा बढी खुसी म नै हुनेछु।’

अमेरिकाको कानुनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै उनले जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने स्पष्ट पारे। ‘चीनकै पनि कम्पनी आउन सक्छन्, भारतका पनि आउन सक्छन्। नेपालकै कम्पनीले पनि प्रतिस्पर्धा गर्न सक्छन्,’ उनले भने।

एसमीसीको ५० करोड डलर सहयोग अन्तर्गत ३१५ किलोमिटर प्रसारणलाइन र ७७ किलोमिटर सडक विस्तारको काम हुँदैछ। 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले बिजुलीको तारमा झुन्डिएर विदेशी सेना नआउने टिप्पणी गरे। विगतमा रहेको लोडसेडिङको समस्यालाई सम्झाउँदै उनले त्यही दिन फेरि आउन नदिन एमसीसी परियोजनालाई स्वीकार गरिएको बताए।


प्रकाशित: Mar 11, 2022| 14:12 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्