शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जागिर दिने नाममा कसैले ठगे प्रहरीलाई खबर गर्नू : गृह मन्त्रालय

जागिर दिने नाममा कसैले ठगे प्रहरीलाई खबर गर्नू : गृह मन्त्रालय

गृह मन्त्रालयले जागिरको प्रलोभनमा कसैले ठग्न खोजे प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- गृह मन्त्रालयले जागिरको प्रलोभनमा कसैले ठग्न खोजे प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय काम लगाइदिने भन्दै ठगी गरेको पाइएकाले सचेत रहन आग्रह गरेको हो।

काठमाडौं उपत्यकाका चोक-चोकमा जागिरको अवसर भन्दै विभिन्न पर्चा वितरण र टाँस्ने गरिएकोमा यस्ता ठगिबाट बच्न मन्त्रालयले आग्रह गरेको छ। कोही ठगिएका तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। 

रोजगारी वा काम लगाउने, नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने, भर्ना, छात्रवृत्ति वा अध्ययनका अवसर उपलब्ध गराउने आश्वासन दिने, जग्गा वा घडेरी उपलब्ध गराउने जस्ता कार्यमा ठगी भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तै उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने, अनलाइनबाट चिट्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोबार गर्न प्रोत्साहन गर्ने, घरमै बसी काम वा रोजगारी दिने, अनलाइनमा लगानी गर्न प्रोत्साहित गर्ने कार्य गरेरसमेत ठगी भइरहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ता खाले प्रलोभनमा नपरेर ठगी हुनबाट जोगिन आग्रह गरेको छ।



प्रकाशित: Mar 11, 2022| 13:18 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।