बुधबार, चैत ४, २०८२

यस्ता व्यक्तिका लागि हानिकारक हुनसक्छ मेवाको सेवन

फलफूल स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। फलफूलमा भरपुर मात्रामा पोषक तत्त्व पाइन्छ। र, फलहरू मध्य मेवा निकै फाइदाजनक फल हो।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

फलफूल स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। फलफूलमा भरपुर मात्रामा पोषक तत्त्व पाइन्छ। र, फलहरू मध्य मेवा निकै फाइदाजनक फल हो।

National life

मेवामा फाइबर, भिटामिन जस्ता तत्त्व पाइन्छन्। मेवामा पाइने पोषक तत्त्व पाचन प्रणाली बलियो बनाउने देखि तौल बढाउनसम्म उपयोगी हुन्छ। मधुमेह, क्यान्सर जस्ता समस्याबाट जोगिन पनि यसको सेवन आवश्यक हुन्छ।

मेवा स्वास्थ्यका लागि यति फाइदाजनक हुँदाहुँदै पनि केही व्यक्तिले भने खान मिल्दैन। स्वास्थ्य विज्ञका अनुसार मुटुमा समस्या भएका व्यक्तिले मेवाको सेवन गर्नू हुँदैन। मेवाको अधिक सेवनले हार्ट बिट स्लो हुने जोखिम हुन्छ। त्यसैले ब्लड प्रेसरका बिरामीले यसको सेवन न्यून मात्रामा गर्नुपर्छ।

यस्तै गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। नियमित मेवा खान मन पराउने महिलाले यस्तो अवस्थामा मेवाको सेवन गर्नू हुँदैन। मेवामा लेटक्स हुन्छ। जसले गर्भाशयको संकुचनलाई घटाउँछ। र, यस्तो अवस्थामा चाडै प्रसव हुने जोखिम हुन्छ।

स्वास्थ्य विज्ञका अनुसार जन्डिसका बिरामीले पनि मेवाको सेवन गर्नू हुँदैन। मेवामा रहेको पपाइन र बीटा क्यारोटिनले जन्डिस रोगीमा असर पुर्‍याउँछ।

Laxmi sunrise bank
kumari

मिर्गौलामा पत्थरीको समस्या भएका व्यक्तिले पनि अधिक मेवाको सेवनबाट जोगिनुपर्ने हुन्छ। अधिक मेवाको सेवनले क्याल्सियम अक्सलेट उत्पन्न हुन्छ। जसले मिर्गौलाको पत्थरी बढाउँछ। र, पिसाबको माध्यमबाट पत्थरी बाहिर आउन समस्या हुन्छ।

मेवामा चिटिनेज नामक एन्जाइम हुन्छ। जसले लेटेक्समा क्रस रियाक्सन गर्ने जोखिम हुन्छ। जसले गर्दा श्वास फेर्न गाह्रो हुने, आच्छु आउने, खोकी लाग्ने, आँखामा पानी आउने जस्ता समस्या देखिन्छन्।

प्रकाशित: Mar 12, 2022| 06:19 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्