शुक्रबार, साउन २९, २०८३

भक्तपुरबाट महिलाको हत्यामा संलग्न दुई जना पक्राउ

महिलाको हत्यामा संलग्न रहेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

भक्तपुर- महिलाको हत्यामा संलग्न रहेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ नवलडाँडा स्थायी घर भएकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भनिने कुमार लामा र भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ चौबास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन्। 

चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशा नगरकोटीको शव फेला परेको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि उपर भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Mar 11, 2022| 12:08 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।