शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग, गोरखापत्रलाई महाप्रबन्धक चाहियो

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग, गोरखापत्रलाई महाप्रबन्धक चाहियो

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ। इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त पेश गर्न मन्त्रालयले शुक्रबार सूचना जारी गरेको हो।

दरखास्त दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ। कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको हुनुपर्नेछ। पत्रकार आचारसंहिता उलंघनअन्तर्गत सजाय नपाएका व्यक्तिले दरखास्त दिन पाउँछन्।

सात दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले आग्रह गरेको छ। दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखामा बुझाउनुपर्नेछ।

त्यसैगरी सञ्चार मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि पनि आवेदन माग गरेको छ। ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेका र कुनै पनि पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन्।

त्यसैगरी आवेदक कानुनबमोजिम दर्ता भएको सञ्चारमाध्यमको प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रुपमा काम गरेको वा आमसञ्चारमाध्यम सम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेको वा पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा कम्तीमा सात वर्ष अनुभव भएको हुनुपर्नेछ।

गोरखापत्रको महाप्रबन्धक हुनका लागि ६ वटा योग्यता तोकेर शुक्रबार सूचना प्रकाशित भएको छ। सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सकिनेछ। 


   

प्रकाशित: Mar 11, 2022| 10:42 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।