बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ कर्मचारी माग

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ कर्मचारी माग

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३९ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३९ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। प्रतिष्ठानको सेवा आयोगले शुक्रबार एक सूचना जारी गर्दै सहप्राध्यापक, सहायक प्राध्यापक, प्राज्ञिक नर्सिङ, स्टाफ नर्सलगायत पदमा विज्ञापन आह्वान गरेको हो।

National life

प्रतिष्ठान सेवा आयोगले प्राज्ञिकतर्फ ३४ जना, प्राविधिक नर्सिङतर्फ तीन जना, प्राविधिकतर्फ एक र सामान्य प्रशासनतर्फ एक जनाका लागि विज्ञापन खुला गरेको छ। 

बाल चिकित्सा, दन्त चिकित्सा, शल्य चिकित्सा, हाडजोर्नी रोग, आँखा रोग, इन्टरनल मेडिसिन, चर्म तथा यौन रोग लगायतका विधामा प्राज्ञिक चिकित्सक माग गरिएको छ। 

अधिकृत पदको लागि २१ वर्ष सहायक पदको लागि १८ र प्राज्ञिक सेवा तफ सहायक प्राध्यापक पदका लागि ४२ वर्ष, सह(प्राध्यापक पदको लागि ४५ वर्ष, प्राविधिक सेवातर्फ ४० वर्ष, प्रशासन सेवा तर्फ ३५ वर्ष उमेर तोकिएको छ। इच्छुकले चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन्। 


Shivam cement

प्रकाशित: Mar 11, 2022| 09:55 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।