बुधबार, असार १०, २०८३

आयोजना सुरू भएको २२ वर्षपछि सडक कालोपत्रे

काठमाडौं उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विक्रम संवत् २०५८/५९ बाट सुरू गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको थियो।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

भक्त्तपुर- मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरू भएको छ।

National life

काठमाडौं उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विक्रम संवत् २०५८/५९ बाट सुरू गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको थियो।

आयोजनाले पटक-पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो। आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न उपभोक्ताले पटक–पटक दबाब दिँदै आए पनि आयोजनाले भने पटक-पटक म्याद थप्दै आएको थियो।

नगरपालिकामा जनप्रतिनिधि आएपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले आयोजना अलपत्र परेको भन्दै नगरपालिकालाई स्वामित्व दिन काठमाडौं उपत्यका विकास प्राधिकरणमा दबाब दिँदै आएका थिए। नगर प्रमुख श्रेष्ठले भने, ‘काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेका यस्तो जग्गा एकीकरण आयोजना कहिल्यै समयमै सम्पन्न भएको छैन, यहाँ पनि वर्षौंदेखि आयोजनाको म्याद थप गर्दै आएको थियो, हामी नगरपालिकामा आएपछि २ वर्ष त यसको स्वामित्व लिने प्रयत्नमै लाग्यौं, स्वामित्व लिएपछि यहाँका धेरै काम अगाडि बढाएका छौं।’

१ हजार ४८६ रोपनी क्षेत्रभित्र सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनामा अहिलेसम्म स्थायी लालपुर्जा वितरण ७५ प्रतिशत सकिएको र सेल्स प्लट बिक्री ८३ प्रतिशत सकिएको छ। अधिकांश सडक चार मिटरको रहेको यो आयोजनामा विक्रम संवत् २०७२ सालको भूकम्पपछि मात्रै बाँकी रहेका मूल सडकलाई ११ मिटर बनाइएको थियो।

Shivam cement

नगरपालिकाले आयोजनालाई आफ्नो स्वामित्वमा लिएपछि भने ४ र ११ मिटरका सबै सडकमा ग्राभेल गर्ने, ढल, खानेपानीको पाइप बिछ्याउने, ११ मिटरका सडकमा फूटपाथ बनाउने काम सम्पन्न भएको छ। आयोजनाभित्र ११ लाख लिटरको खानेपानी ट्यांकी निर्माण, ऐतिहासिक धारा तथा पाटीहरूको परम्परागत शैलीमा निर्माण गर्ने कार्य भइरहेको नगर प्रमुख श्रेष्ठले बताए।  रासस

प्रकाशित: Mar 11, 2022| 10:15 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।