बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश प्रमुख शेरचनले गरे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन

प्रदेश प्रमुख शेरचनले गरे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन

उनले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताए।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

दाङ- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्। उनले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताए।

National life

प्रदेश प्रमुख शेरचनले आफू स्वास्थ्यमन्त्री हुँदा अस्पतालको स्तरोन्नतिका लागि निर्णय गरेको बताउँदै गुरुयोजनाअनुसार बन्ने ४०० शय्याको अस्पतालको भौतिक पूर्वाधार विकासका लागि बजेट प्रदान गर्न केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्ने बताए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक सत्रदेखि सुरू हुने बीएस्सी नर्सिङ, बीएनएस र ब्याचलर अफ फार्मेसी शैक्षिक कार्यक्रममा पठनपाठन सञ्चालन गरिने भएको छ। सोहीअनुरूप ती कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार (लेक्चर हल, अडिटोरियम हल, फ्याकल्टी रुम, ल्याब, फार्मेसी, पुस्तकालय तथा छात्रावास) र जनशक्तिबारे प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछानेले जानकारी गराएका थिए। 

सो अवसरमा  प्रतिष्ठानका अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, मेडिकल डाइरेक्टर डा. रमेश कँडेल, डीन डा. सागर पन्थी, सहायक निर्देशक डा. एन्जिलिका कार्की लगायतको उपस्थिति थियो।

प्रकाशित: Mar 11, 2022| 09:10 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।