शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बबई गाउँपालिकाले गर्‍यो ११६ पूर्व जनप्रतिनिधिलाई सम्मान

बबई गाउँपालिकाले गर्‍यो ११६ पूर्व जनप्रतिनिधिलाई सम्मान

गाउँपालिकाले बिहीवार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

दाङ- दाङको बबई गाउँपालिकाले पूर्व जनप्रतिनिधिलाई सम्मान गरेको छ। गाउँपालिकाले बिहीवार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो। तत्कालीन जनप्रतिनिधिले विकास र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए।

‘लोकतान्त्रिक आन्दोलन र यहाँको विकासका लागि पनि उहाँहरूले खेलेको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने, ‘त्यसैले पनि उहाँहरूको योगदानलाई हामीले मूल्यांकन गरेर सम्मान गरेका हौं।’

सबै स्थानीय तहले पुराना जनप्रतिनिधिलाई सम्मान गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले बताइन्। ‘हामीले स्थानीय तहमा नमूना कार्य गरेका छौं,’ उनले भनिन्, ‘यो सबै स्थानीय तहले यसरी नै सम्मान गर्नुपर्छ।’ तत्कालीन गाविसका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा  सदस्यलाई सम्मान गरिएको छ।

गाउँपालिकामा रहेका पूर्व जनप्रतिनिधि ११६ रहेको भन्दै सबैलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत भीष्मकुमार मल्लले बताए। उनका अनुसार तीमध्ये केही जनप्रतिनिधिको मृत्यु भइसकेको र केही जनप्रतिनिधि देशबाहिर रहेको भन्दै त्यस्ता जनप्रतिनिधिका परिवारलाई पनि सम्मान गरिएको हो।

गाउँपालिकाले साविक पञ्चकुले र पुरन्धाराका विसं २०४९ र २०५४ का ११६ जनप्रतिनिधिलाई सम्मान गरेको हो। गाउँपालिकाले पूर्वजनप्रतिनिधिलाई सम्मान गर्नु नयाँ अभ्यास भएको उनीहरूको भनाइ छ। २५ वर्षअघिका जनप्रतिनिधिलाई एउटै थलोमा भेट्टाउने गरी आयोजना गरिएको यो कार्यक्रम निकै प्रभावकारी भएको विक्रम संवत् २०५४ सालका साविक पञ्चकुले गाविसका उपाध्यक्ष कृष्णप्रसाद चौधरीले बताए।

उनले पुराना कुरा पनि सम्झिँदै भने, ‘त्यतिबेला हामीले दुई–अढाइ लाख बजेटमात्रै पाउथ्यौं, त्यसमा पनि १ लाख ९५ हजारमात्रै चलाउन पाइन्थ्यो तर अहिले वडामै ३० लाख बढी बजेट जान्छ।’

बजेटले नै विकासको  निर्धारण गर्ने भन्दै अहिले सरकारका रूपमा मान्यता पाएका स्थानीय तहले विगतभन्दा धेरै बजेट पाउने र विकास पनि राम्रै गरेको विक्रम संवत् २०५४ तत्कालीन पुरन्धारा गाविकासका उपाध्यक्ष खिमबहादुर खत्रीले बताए। त्यतिबेला जनप्रतिनिधिलाई सेवासुविधा पनि नभएको र अहिले  जनप्रतिनिधिलाई सेवासुविधा पनि भएकाले धेरै सहज भएको उनको भनाइ थियो। रासस

प्रकाशित: Mar 11, 2022| 09:00 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।