बुधबार, असार १०, २०८३

कोरोनाबाट प्रभावितलाई मेसिन र औजार वितरण

एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासंघ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको हो।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- कोभिड-१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ। एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासंघ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको हो।

National life

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार चार छालाजुत्ता व्यवसायी, नौ सिलाइकटाइ पेशामा संलग्न, काठका भाँडा बनाउने कार्यमा संलग्न एक, आरन व्यवसाय सञ्चालन गर्दै आएका चार, खुद्रा पसल सञ्चालक तीन, तरकारी व्यवसायी तीन र कुखुरापालक तीन जनालाई मेसिन तथा औजार वितरण गरिएको छ।

‘छालाजुत्ता व्यवसायीलाई आवश्यक औजारसहित छाला, सिलाइकटाइ व्यवसायीलाई मेसिन, आरन व्यवसायीलाई मेसिन, काठका भाँडा बनाउने कार्यमा संलग्नलाई विद्युतीय मोटर वितरण गरेका छौँ’, उनले भने, ‘खुद्रा पसल, तरकारी पसल र कुखुरा व्यवसायीलाई डिजिटल तराजु वितरण गरिएको छ।’

प्रत्येक उद्यमी र व्यवसायीलाई १५ हजार मूल्य बराबरका मेसिन र सामग्री उपलब्ध गराइएको छ। ‘नगरपालिकाका कोरोना प्रभावित भएका ८४ साना उद्यमीलाई छनोट गरिएकामा पहिलो चरणमा २३ जनालाई मेसिन र औजार वितरण गरिएका छौँ’, अध्यक्ष लुहारले भने, ‘छनोटमा परेका अन्य साना उद्यमीलाई केही दिनभित्रै दोस्रो चरणमा मेसिन र औजार वितरण गर्छौँ।’

यसैगरी कृष्णपुर नगरपालिका क्षेत्रका ८४ साना उद्यमीलाई समेत मागका आधारमा मेसिन र औजार वितरण गरिने उनको भनाइ छ। साना उद्यमीलाई मेसिन र औजार वितरण गर्दै नगरप्रमुख दिलबहादुर ऐरले व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक तालिम र पूँजी अनुदानका लागि नगरपालिका सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

Shivam cement

प्रकाशित: Mar 11, 2022| 08:30 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।