बुधबार, असार १०, २०८३

विपन्न परिवारले पाए निःशुल्क घर

अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ।’ यो भनाइ गुल्मीका मदाने गाउँपालिका-३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो। विश्वकर्मा सालझण्डी ढोरपाटन सडकखण्ड विस्तार गर्दा विस्थापित भएकी थिइन्। छ वर्षअघि विस्थापित भएकी विश्वकर्मा अरुको घर, विद्यालय र त्रिपालमुनि बस्दै आएकी थिइन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं- ‘निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन। अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ।’ यो भनाइ गुल्मीका मदाने गाउँपालिका-३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो। विश्वकर्मा सालझण्डी ढोरपाटन सडकखण्ड विस्तार गर्दा विस्थापित भएकी थिइन्। छ वर्षअघि विस्थापित भएकी विश्वकर्मा अरुको घर, विद्यालय र त्रिपालमुनि बस्दै आएकी थिइन्। तर अहिले सरकारले निःशुल्क घर उपलब्ध गराएसँगै उनी खुसी छन्।

National life

सोही ठाउँका केशव सुनार पनि उक्त सडकखण्डबाट पीडित हुन्। विगतका स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा घर बनाइदिने आश्वासन दिँदा विभिन्न दलका नेता-कार्यकर्ता भोट माग्न आए। तर घर बन्ने कुरामा पत्यार नभएको उनी बताउँछन्। ‘घर बन्ने आशमा भोट हालेको तर पत्यार लागेको थिएन’, उनले भने, ‘नयाँ घर मिलेको छ, गाउँपालिकाप्रति आभारी छु।’

नयाँ घर प्राप्त गरेका बोमलाल अर्यालले पनि अब आफूहरू ढुक्कसँग निदाउने प्रतिक्रिया दिए। भूकम्पमा चर्किएको घर सडक विस्तारको क्रममा पहिरो गई जोखिममा थियो तर घर बनाउने आर्थिक उपाय नभएपछि उनी जोखिम मोलेरै उक्त घरमा बसेका थिए। ‘वर्षायाममा ठूलो पानी आउँदा कतिबेला बगाउँछ भनेर रातभर जाग्राम बस्थ्यौँ’, उनले भने, “अब नयाँ घरमा ढुक्कसँग निदाउन पाइने भयो।’ त्यसका साथै उनले आफूहरूलाई सानो भए पनि रोजगारीको व्यवस्था गरिदिन आग्रह गरे।

माया, केशव र बोमलाल त राज्यको तर्फबाट निःशुल्क घर प्राप्त गर्ने उदाहरणीय पात्रमात्रै हुन्। सिर्सेनी पोखरामा उनीहरूजस्तै १७ जनाले नयाँ घर पाएका छन्। विसं २०७२ को भूकम्पमा उक्त घर सामान्य चर्किएका थिए। त्यसपछि सालझण्डी-ढोरपाटन सडक विस्तारका कारणले पहिरो जाँदा उनीहरू विस्थापित भएका हुन्।

विस्थापितमध्ये दुई परिवार छिमेकीको घरमा आश्रय लिँदै आएका थिए भने १५ परिवार जोखिम मोलेरै चर्किएको घरमा बसेका थिए। विस्थापितलाई लक्ष्य गरी गाउँपालिकाले बस्ती निर्माणको प्रक्रिया अगाडि बढाएको थियो। बुधबार एक कार्यक्रमको आयोजना गरी पूर्वमन्त्री एवं सोही क्षेत्रका सासंद गोकर्ण विष्टले पीडित परिवारलाई घर हस्तान्तरण गरेका हुन्।

Shivam cement

अहिले गाउँपालिकाको कूल ९९ लाख ४१ हजारको लागतमा १७ घर निर्माण भएका छन्। निर्माण भएका सबै घर दुई कोठे हुन्। जसमा निःशुल्क मिटरबक्स जडान गरिएको छ भने खानेपानीका धारा निर्माण गरिएको छ। बस्ती निर्माणका लागि मदाने गाउँपालिकाले आव २०७५/७६ मा १५ लाखमा १७ रोपनी जग्गा किन्यो। अर्को वर्ष अर्थात् २०७६/७७ मा घर निर्माण प्रक्रिया सुरु गर्‍यो।

उक्त वर्षमा घडेरी खन्नेदेखि घर बनाउनेसम्मको काम भएको थियो। तर घरको फिनिसिङ गर्न र खानेपानी सुविधा पुर्‍याउन बाँकी थियो। बाँकी काम पालिकाले २०७७/७८ मा पूरा गर्दै पीडित परिवारलाई घर नै हस्तान्तरण गरेको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन्। ‘धेरै चुनौतीका साथ घर निर्माण भएका छन्’, उनले भो, ‘निर्वाचनमा गरेको बाचा पूरा गरेका छौँ।’ 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले घरको सही सदुपयोग गर्न आग्रह गरे। भौगोलिक विकटताका कारण विकासमा अप्ठ्यारो भए पनि ग्रामीण भेगमा घर निर्माण गर्नु ठूलो उपलब्धि भएको उनको भनाइ छ। राज्यले विपन्न नागरिकको लागि उपाहारस्वरूप घर प्रदान गरेको भन्दै नेता विष्टले आफूहरू दुःख-सुखमा सँगै रहने प्रतिबद्धता व्यक्त गरे।

त्यसका साथै सिर्सेनीमै संघीय सरकारको लागतमा भूकम्प पुनःनिर्माणमार्फत ३२ घर बनेको विष्टले बताए। ‘हाम्रो निरन्तरको प्रयासले आज बस्ती बन्न सफल भयो’, विष्टले भने, ‘तपाईँहरूको रोजगारीको विषयमा हामी छलफल गर्छौँ।’

प्रकाशित: Mar 11, 2022| 08:20 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।