बुधबार, असोज १४, २०८३

भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अदालतको आदेश

क्रिस्टिना थैबले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले चैत ६ गतेसम्म परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- फागुन २८ गतेका लागि निर्धारण गरिएको भन्सार एजेन्टको परीक्षा स्थगित हुने भएको छ। क्रिस्टिना थैबले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले चैत ६ गतेसम्म  परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो। 

पाटनका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो। अदालतले दुवै पक्षलाई चैत ६ गते छलफलका लागि बोलाएको छ। 

थैबले समानुपातिक समावेशी प्रणालीमा कोटा तोक्न माग गर्दै पाटन उच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। 

भन्सार विभागले लामो समयपछि गत चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुल्ला गरेको थियो। २०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको लाइसेन्सको लागि आवेदन माग गरिएको थियो।

भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन्। भन्सार विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो। २०६१ सालमा भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो। अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो।

प्रकाशित: Mar 10, 2022| 21:49 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्