बुधबार, चैत ४, २०८२

ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने सरकारको निर्णय

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने छुट्टै अस्पताल खोल्ने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने छुट्टै अस्पताल खोल्ने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

National life

ज्येष्ठ नागरिक अस्पताल निर्माणका लागि मन्त्रालयले कार्यदल गठन गरी अध्ययन अघि बढाइसकिएको समेत बताएको छ। 

यस्तै ५० वर्षभन्दामाथिका नागरिकको मुटु, कलेजो र मिर्गौला रोगको परीक्षण निशुल्क गर्ने निर्णय गरेको छ। यस्तो परीक्षण वर्षमा एक पटक मात्र निशुल्क हुनेछ। 

यसैगरी, सरकारका सबै मन्त्रीहरुले मृत्युपछि अंग लिन पाउने गरी अंगदान गर्ने घोषणा गर्नेसमेत निर्णय भएको बताइएको छ। मन्त्रीलाई साथ दिँदै मुख्य सचिव शंकरदास बैरागीले पनि अंगदान गर्ने घोषणा गरेका छन्।

प्रकाशित: Mar 10, 2022| 21:38 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्