शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा [सूचीसहित]

२०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा [सूचीसहित]

सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा सूचना जारी गरेको छ। सूचना अनुसार २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा परेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा सूचना जारी गरेको छ। सूचना अनुसार २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा परेको छ।

पहिलो महिना वैशाखमा शनिबार बाहेक एक दिन मात्र सार्वजनिक बिदा रहेको छ। जेठमा २ गते सोमबार बिदा हुनेछ। असारमा कुनै पनि बिदा छैन। साउन २७ गते सार्वजनिक बिदा दिएको छ। 

यसैगरी, भदौ ३ गते सार्वजनिक बिदा दिएको छ। अ

सोज १० गते घटस्थापनाको दिन पनि सार्वजनिक बिदा हुनेछ। दसैं बिदा असोज १६ गते आइतबारदेखि २१ गते शुक्रबारसम्म ६ दिन दिइएको छ।

तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म पाँच दिन दिइएको छ। यसबाहेक विभिन्‍न राष्ट्रिय दिवसहरु तथा जातजाति वा धर्म समूदायका चाडपर्वहरुमा गरी थप २० दिन सार्वजनिक बिदा दिइएको छ।

प्रकाशित: Mar 10, 2022| 20:03 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।