बुधबार, असोज १४, २०८३

एउटै छतमुनि १० हजार सामग्री राख्दैछ मेट्रो मार्केट

सहरी जनजीवन रफ्तारको पर्याय बनिरहेको छ। व्यस्तताका बीच मान्छेहरूसँग पसल पसल डुलेर किनमेल गर्ने समय हुँदैन। एउटै छतमुनि हुने ‘सपिङ’ले समयको बचत मात्र होइन ग्राहकको रोजाइलाई समेत सहज बनाइदिएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- सहरी जनजीवन रफ्तारको पर्याय बनिरहेको छ। व्यस्तताका बीच मान्छेहरूसँग पसल-पसल डुलेर किनमेल गर्ने समय हुँदैन। एउटै छतमुनि हुने ‘सपिङ’ले समयको बचत मात्र होइन ग्राहकको रोजाइलाई समेत सहज बनाइदिएको छ।

सुपरमार्केटको वृत्तमा उपत्यकाभित्र अर्को ब्रान्ड पनि थपिएको छ, मेट्रो मार्केट। काठमाडौंको पेप्सीकोलास्थित काँडाघारी सनराइज चोकमा तयार भएको मेट्रो मार्केट २७ फागुनदेखि औपचारिक रुपमा सञ्चालन हुनेछ। 

‘लोकेसनका हिसाबले मात्र होइन, ग्राहकका प्राथमिकताका आधारमा मेट्रो मार्केटको आन्तरिक संरचना र उपभोग्य वस्तुको उपलब्धतालाई हामीले ध्यान दिएका छौं’, मेट्रो मार्केटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमरेशकुमार सिंहले भने, ‘हामीले ग्राहकलाई सजिलो होस् भनेर मेट्रो मार्केटभित्र राखिएका सामग्रीको विविधतालाई केन्द्रमा राखेका हौं।’

स‍ीईओ अमरेशकुमारका अनुसार मेट्रो मार्केटमा साढे १० हजार भन्दा बढी प्रकारका सामग्रीहरु छन्। जहाँ खाद्यान्न, तरकारी, माछा–मासुदेखि लत्ता कपडासम्म किन्न पाइने छ। 


प्रकाशित: Mar 10, 2022| 15:57 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्