बुधबार, असोज १४, २०८३

नेप्से परिसूचक ५२.३१ अंकले बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से बढेको छ। आज नेप्से ५२.३१ अंकले बढेर २५६६.९० अंकमा पुगेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से बढेको छ। आज नेप्से ५२.३१ अंकले बढेर २५६६.९० अंकमा पुगेको छ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले बढेर ४९३.५३ अंकमा पुगेको छ।

कारोबार रकममा पनि बुधबारको भन्दा झिनो सुधार देखिएको छ। दिनभर भएका ४३ हजार ५३८ कारोबारबाट २२६ कम्पनीका ५६ लाख १० हजार ६३१ कित्ता सेयर किनबेच भएका छन्। कारोबार रकम २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँ पुगेको छ।

अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ। धेरै बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड पहिलो नम्बरमा देखिएको छ। यस कम्पनीको ३१ रुपैयाँले बढेर ३४१.५० रुपैयाँ पुगेको छ।

यसैगरी कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ३३ रुपैयाँले बढेर ४०४ रुपैयाँ पुगेको छ भने नेपाल हाइड्रोको ४१ रुपैयाँले बढेर ५१५ रुपैयाँ पुगेको छ।

समग्रमा बजार बढे पनि केही कम्पनीहरुको सेयर मूल्य भने घटेको छ। 

प्रकाशित: Mar 10, 2022| 15:50 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्