शुक्रबार, साउन २९, २०८३

संखुवासभा बस दुर्घटनाका मृतकको संख्या १५ पुग्यो

संखुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार १४ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको हो। धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा मृत्यु हुने मादी नगरपालिका–५ की युका पोखरेल हुन्।

उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर धरान लगिएको थियो। घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटुवाल र सुवास तामाङको धरानमा उपचार भइरहेको छ। 

घटनास्थलमै मृत्यु हुनेमा मादी नगरपालिकाकी सीता विक, अञ्जना कटुवाल, भवानी प्रसाद दाहाल, ईन्द्र अधिकारी, दीक्षा कटुवाल, बलबहादुर कार्की, सविता कार्की, दिपक कुमार दाहाल छन्।

त्यसैगरी ताप्लेजुङकी समीक्षा योञ्जन, उनका छोरा सुदीप घिसिङ, मादीका श्याम शेर्पा, आइतबहादुर तामाङ, तेह्रथुमका चालक विपिन निरौला र मादीका सहचालक उमेश भट्टराईको पनि मृत्यु भएको छ।

मादीबाट झापाको दमक जाँदै गरेको ना ४ ख ७३५ नम्बरको यात्रुबस मादी नगरपालिका–६ को पुलुस्थित सात घुम्तीमा बिहीबार बिहान पौने ८ बजेतिर दुर्घटना हुँदा भएको हो। बसमा १९ जना यात्रु सवार थिए। प्रहरीका अनुसार तीव्र गतिमा रहेको बस घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। 

प्रकाशित: Mar 10, 2022| 15:15 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।