काठमाडौं– नेपाल एयरलाइन्सले आगामी चैत १३ गतेदेखि भारतको मुम्बईमा नियमित उडान सुरु गर्ने भएको छ।
कोभिड महामारी सुरु भएपछि मुम्बई उडान बन्द रहेको निगमले पुनः उडान सुरु गर्न लागेको हो।
नेवानिले यो रुटमा साताको तीन वटा उडान गर्ने भएको छ। काठमाडौं–मुम्बई–काठमाडौं रुटमा बुधबार, शुक्रबार र आइतबार उडान हुनेछ।
नेपाल एयरलाइन्सले अहिले नयाँ दिल्लीमा नियमित उडान गरिरहेको छ। निगमले नयाँ दिल्लीमा दैनिक दुई उडान गर्ने घोषणा गरिसकेको छ।