काठमाडौं– होली सुरु भएको संकेतस्वरुप बिहीबार वसन्तपुरमा चीर ठड्याइएको छ। शुभसाइत हेरेर रंगीचंगी कपडाको टुक्रा झुन्ड्याएर चीर ठड्याइएको हो।
हनुमानढोका दरबारको दक्षिणतर्फ छाता आकारमा चीर ठड्याइएको छ। मानन्धर समुदायले फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने चलन छ। सो अवसरमा हनुमानढोकास्थित गुरुजूको पल्टनले हर्षबढाइँ गरी सलामीसमेत दिएका थिए।
प्रत्येक वर्ष फाल्गुण शुक्ल अष्टमीका दिन चीर ठड्याइएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ। यस वर्ष पहाडमा चैत ३ गते र तराईमा ४ गते होली मनाइँदैछ।