बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजना सिफारिस

आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजना सिफारिस

नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।

कार्यकारी निर्देशक छनोट समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको हो।

आवेदन दिएका १६ उम्मेदवारमध्ये एक जना प्रतिस्पधाबाटै बाहिरिएपछि बाँकी १५ आवेदकबाट तीन जना छानिएका हुन्। सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नाम वर्णानुक्रम अनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ। 

सिफारिस गरिएका भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशक हुन्। त्यसैगरी सिटौला यसअघि उद्योग विभागको महानिर्देशक थिए। विभागबाट पुनर्निर्माण प्राधिकरणमा सरुवा भएका उनी त्यहीँबाट सेवानिवृत्त भएका थिए।

थानी भने यसअघि विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए। 

प्रकाशित: Mar 10, 2022| 12:48 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्