बुधबार, असार १०, २०८३

नेपालगञ्जमा अत्याधुनिक नगर भवन बन्दै

टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणा जानकारी दिए।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८
National life
Shivam cement

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरुआत गरेको छ। टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणा जानकारी दिए।

उपमहानगरपालिकाले १३ करोडको लागत लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम्प्लेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा चार करोडको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने उनले बताए। चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले जानकारी दिए।

उनका अनुसार बेसमेन्टबाहेक तीनतले भवन बन्नेछ। तेस्रो तल्लामा ५०० क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुनेछ। अहिले पहिलो चरणमा बेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछ। पार्किङमा १४ चारपाङ्ग्रे सवारीसाधन र करिब २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ।

प्रकाशित: Mar 10, 2022| 11:56 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।