बुधबार, असोज १४, २०८३

सुनको मूल्य तोलामा ३५ सय घट्यो

सुनचाँदी बजारमा आज बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ५०० ले घटेर एक लाख दुई हजारमा आएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– सुनचाँदी बजारमा आज बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ५०० ले घटेर एक लाख दुई हजारमा आएको छ। बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५०० मा कारोबार भएको थियो।     

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ। यसको मूल्य बुधबार प्रतितोला एक लाख पाँच हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर एक हजार ४०५ पुगेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Mar 10, 2022| 11:24 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्