बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्माणाधीन १५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

निर्माणाधीन १५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका-३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

पर्वत-  झण्डै १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ। जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका-३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो।

National life

तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने तर उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै बहाना नगरी काम सक्न निर्देशन दिएका हुन्।

आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताए। आयोजनाको काम २०७४ फागुनबाट सुरु भएर पनि बजेटको अभाव, कामदारको अभाव, विद्युत् विस्तारलगायतका कारण काम ढिलो भइरहेको उपभोक्ता समितिले बताउँदै आएको छ।

मन्त्रालयको टोलीसमक्ष उपभोक्ता समितिले चैत मसान्तसम्म आयोजनाको काम सकेर एक घर एकधाराको रुपमा पानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्रालयको टोलीले आयोजना स्थलमा आएर अनुगमन गरि उपभोक्ता समितिलाई काम चाँडो सक्न निर्देशन दिएपछि उपभोक्ता समितिले मन्त्रालयले भुक्तानीमा बाधा नपुर्‍याए चैत मसान्तसम्म उपभोक्तालाई पानी खुवाउने प्रतिबद्धता जनाएको थियो।  

वडाध्यक्ष अर्जुनबहादुर केसीले खानेपानी आयोजनाको काम कहिले सकिन्छ भनेर नागरिकस्तरबाट दबाब आइरहेको जनाउँदै अब समितिले रातदिन नभनी काम गरेर उपभोक्ताको घरसम्म पानी खसाल्नुपर्ने बताए।

Shivam cement

उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार लमाएखोलाबाट कोटसम्म एक हजार ५०० मिटर माथिसम्म पाइपलाइन विस्तार भइसकेको छ। लिमिकोटमा दुई लाख लिटरको मुख्य रिजर्भवेयर ट्याङ्की, भूमेकोटमा एक लाख लिटर, थुममा ६० हजार लिटर, भीरवारीमा ६० हजार लिटरको ट्याङ्की निर्माण भइसकेको उनले बताए।

थापाठानामा ट्याङ्की र पाइपलाइनको काम पनि चलिरहेको छ। अहिलेसम्म रु तीन करोडको हाराहारीमा रकम खर्च भएको उपभोक्ता समितिले जनाएको छ। उक्त आयोजनाबाट एक हजार ५० घरपरिवारमा पानीको सुविधा पुर्याउने लक्ष्य रहेको छ।  रासस


प्रकाशित: Mar 10, 2022| 11:19 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।